करेन्ट लागेर वृद्धको मृत्यु
कञ्चनपुर | भदौ १३, २०८०
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीका बुवा ७२ वर्षीय जनकलाल चौधरी छन्।
उनलाई मंगलवार साँझ नुहाउने क्रममा पानीको मोटर चलाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेको थियो।
बेहोस भएका चौधरीको धनगढीको निर्सग अस्पतालमा उपचारको क्रममा मंगलवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

